आज भन्दा भोलि भन्दा यी दिनहरु कति छिटो बिती जान्छ | जिबन को तुफान हावा ले जीवन को दिनहरु लाई एउटा बिन्दुमा पुराउछ नि ,यसरी नै हाम्रो उमेर ले हामी लाई जीवन को बृद्ध अवस्था सम्म पुराउछ|आज म त्यो उमेर पार गर्दै एउटा बिन्दु सम्म पुग्दै छु |यी समय संग दुख :सुख का खेल हरु खेल्दै आफ्नो यी सुनौला दिनहरुले मलाई पछयाउदै आज एउटा सुनौलो संसार २१ औ सताब्दीको नया आँगनमा २३ औ वर्ष को बसन्त र रंगिन दुनीयामा जीउने हौसला दीएको छ |
हो आजको दिन देखी मेरो जीवनको पाना हरु लेखीएको थीयो|जसमा म कसैको छोरा ,भाई ,पति बनि आफ्नो जीवनको नाटक गरीरहेछु |यस मा कति दुख :सुख ,राम्रा -नराम्रा ,हाँसो-खुसि ,अनि आँसु ,माया प्रेम को कथाहरु थीयो भने आज म सात समुन्द्र पारि एउटा छुटै संसारमा आफ्नो २३ औं वर्ष को यी तीता र दुख लाग्दा दिन हरु संग खेलीरहेछु |सिर मा हात राखी अक्षेताको टिका निधारमा आमाबुबाको आफन्तको आशिर्बाद काँध मा भरि हुन्थ्यो |आजको दिन तर यो नौलो संसारमा सब उजादिएको छु मा यो नाङ्गो आकाश जस्तै भएको छु |मेरो यो नाङ्गो आकाश मा बादल लगेको छ |अनि यी आँखा हरु रसाएको छ
हो यीआँखा हरु रसाएको छ
हो यीआँखा हरु रसाएको छ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें